काठमाडौं । नेपालमा पछिल्लो पल्ट सार्वजनिक भएको एक तथ्यांकअनुसार दैनिक १६ जनाले आत्महत्या गर्छन् । नेपालमा एउटा भनाइ छ– आत्महत्या कसैले रोकेर रोकिँदैन’ त? र मानसिक रोग विशेषज्ञहरु यो भनाइसँग सहमत हुन सक्दैनन् । उनीहरुको तर्क छ–आत्महत्या रोक्न सकिन्छ।
यो पनि हेर्नुहोस्
बिपीकाे १०५ ओै जन्मजयन्ती
- नवीन अर्याल
मानसिक रोग विशेषज्ञ डा. बासु कार्कीले समयमा उचित सजगता अपनाएर मानसिक रोग विशेषज्ञकहाँ उपचार गरेमा आत्महत्या हुनबाट जोगाउन सकिने बताउँछन् । “पछिल्लो समय विश्वमा नै आत्महत्या एउटा चुनौतीको रुपमा देखिएको छ,” उनले भने, “प्रत्येक आत्महत्याले एक सय ३५ व्यक्तिहरुलाई प्रभाव पार्दछ ।”