नेकपामा अध्यक्ष र महासचिवलाई ‘बाहुबली’ बनाउने कसरत !

काठमाडौँ– २०७६ भदौ १३ गते । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अन्तरपार्टी निर्देशन–२ जारी गर्यो । २०७५ जेठ १६ मा जारी भएको अन्तरपार्टी निर्देशन–१ मा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको हस्ताक्षर थियो । तर अन्तरपार्टी निर्देशिका–२ मा एक जना अध्यक्ष प्रचण्डको मात्र हस्ताक्षर छ । किनभने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष उपचारका लागि सिङ्गापुर गएका बेला यो निर्देशिका जारी भएको छ । 

नेकपाले अन्तरपार्टी निर्देशन–१ र विशेष परिपत्र १, २, ३ र ४ पछि अन्तरपार्टी निर्देशन–२ जारी गरेको हो । तर पार्टी एकताको १५ महिनापछि जारी १७ पेज लामो अन्तरपार्टी निर्देशिका–२ मा पार्टीका निर्णयसँगै अध्यक्षहरु र महासचिवको कामबारे उल्लेख विषयले नेकपाभित्र नयाँ बहस सुरु गरेको छ ।अन्तरपार्टी निर्देशन–२ को पेज १६ मा ‘अध्यक्ष तथा महासचिवको जिम्मेवारी’ शीर्षकमा लेखिएको छ, ‘अध्यक्ष कमरेडहरुले पार्टी विधानको धारा १८ ‘झ’ बमोजिम समग्र पार्टीलाई नेतृत्व गर्नुहुनेछ । त्यसैगरी महासचिव कमरेडले पार्टी विधानको धारा १८ ‘ट’ बमोजिमको जिम्मेवारी निर्वाह गर्नु हुनेछ ।’

प्रकाशित मिति: : 2019-09-03 18:00:38

प्रतिकृया दिनुहोस्