कमला सुवेदी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको हस्तकला विभाग सदस्य हुन्। तर, उनको परिचाय यतिमै सिमिति छैन।
बाल्यवस्थाबाटै सिर्जनात्मक काम गरिरहन खोज्ने र व्यस्त रहन खोज्ने कमलाका हातले यतिवेला हजारौं हातलाई व्यस्त बनाएका छन्। उनले उद्यम सिकाएर थुप्रैलाई व्यस्त बनाइदिएकी छन्।
गत मंसिरबाट ललितकला प्रज्ञा प्रतिष्ठनको हस्तकला विभाग सदस्य मनोनित भएकी कमलासँग अबको पाँच वर्ष हस्तकला क्षेत्रमा भेरै काम गर्ने सपना छन्। महिलाका लागि राज्यले दिएको सेवा सुविधालाई राज्यको कुनाकाप्चासम्म पुर्याउने मुख्य लक्ष्य छ उनीसँग। जुन कामको थालनी गरिसकेकी छन् क्रिस्टलको गहना बनाउने तालिमबाट।
अण्डाको क्रेटदेखि क्रिस्टलको गहनासम्म
कमला वाल्यकालमै हुँदाको कुरा, बुबा आमा (भवानी र रामचन्द्र अर्याल) को दैनिक उपभोग्य बस्तुको होलसेल पसल थियो।
उहाँहरू अण्डा बेच्नुहुन्थ्यो र खालि क्रेट फाल्नु हुन्थ्यो। कमला तिनै फालिएका क्रेट बटुल्थिन्। त्यसमा आकार दिन्थिन्। रङ भरेर झनै लोभलाग्दो बनाउँथिन् र कोठा सजाउँथिन्।
अरुले कोक खाएर फालेका सिसिहरू बटुलेर त्यसै गर्थिन्। 'अक्षर लेख्ने कलिला हातहरू अक्षरको आकार त सिक्दै गए, सँगै सजावट समाग्रीहरूको आकारमा दिनमा पोख्त बन्दै आए,' उनले भनिन्। स्कुलबाट फर्केपछि आमा बुबालाई पसलमा सघाउँथिन्, साँझ आफ्नो गृहकार्य, अनि बचेको समय खेर गएका समाग्रिबाट सजावट बनाउनु उनको दैनिकी नै थियो। धेरै सिकौं धेरै गरु भन्ने हुटहुटी मनमा चलिरहेको बेला विवाहपछिको नयाँ घरले उनको रुची केही खुम्चियो।
१६ वर्षकै उमेरमा विवाह भयो। विवाहपछिको जीवन कस्तो होला। फालिएका सामग्रिहरू बटुलेर रङ र आकार दिने कमलाको जीवनले पनि आकर्षक आकार र नौरङ्गी रङ पाउला त ? उनमा यस्तै पिरलो हुन थाल्यो। हर समय केही न केही गर्न नपाए उनमा छटपटी हुन्थ्यो। बाल्यवस्थामै विवाह भएकाले उनलाई नयाँ घरमा घुलमिल हुन समय लाग्यो।
जीन्दगी फूलाउन त पर्खनुको सिवाय उपाय पनि त थिएन। विवाहको लगत्तै उनी आमा बनिन्। घरमा आमा (सासु) लाई सिलाई सिक्न जाने इच्छा प्रकट गरिन्।
हेटौंडाबाट विवाह भएर हटीया (मकवानपुर) पुगेकी कमलाले विवाह अगाडि सिकेको सिलाई पुरा गर्ने अभिलाषा प्रकट गरिन्। परिवारको समर्थनपछि त्यसले निरन्तरता पायो। शहरी जीवनशैलीमा हुर्केकी कमलालाई बजारबाट १३ किमि पर पुग्दा साह्रै गाउँ पुगेको आभाष भयो। घरबाट सिलाईको लागि हिडेकी कमलालाई राजदेवी र हटीयाको बीचमा पर्ने खोलाले बगायो। उनीलाई माझिले बचाए। यो घटनाले उनलाई झनै अगाडि बढ्ने साहस थपियो।
नाफामा पाएको जिन्दगी, केही गरु भन्ने लाग्यो। खोलाले बगाएर आफूलाई माझिले बचाएको कुरासमेत घरमा बताइनन्। कारण परिवारले भोलिबाट खोलापारी सिलाइका लागि नपठाउलान् भन्ने डर थियो उनमा। यता पसल र सिलाइमा व्यवस्थ राम्रो हुँदैगर्दा उता छोराहरू पनि हुर्कदै थिए। छोराहरूको पढाइकै क्रममा काठमाडौं पसिन् उनी। सन्तानका लागि राम्रो शिक्षाको खोजिमा काठमाडौं हानिएकी कमलाले आफ्नो जीवनको सुनौलो अवसरपनि उतै भेटिन्। काठमाडौंमै क्रिस्टलको गहना बनाउने सीपको विजारोपण भयो उनको जीवनमा।