मानव बेचबिखन: नयाँ शैली र मार्ग प्रयोग गरेर नेपालबाट हुन्छ विदेशमा मानव तस्करी

इन्डोनेशियाको प्रसिद्ध पर्यटकीय गन्तव्य बालीमा करिब १० महिनासम्म बन्धक बनाइएका तीन नेपाली युवक र एक नेपाली युवती यसै साता सकुशल स्वदेश फर्काइएपछि अनुसन्धानमा सक्रिय अधिकारीहरू मानव बेचबिखनका लागि प्रयोग हुन थालेका नयाँ मार्ग र गन्तव्य देखेर आश्चर्यचकित भएका छन्।

इन्डोनेशियाली अधिकारी, त्यहाँस्थित नेपाली व्यवसायी र बन्धक बनाइएका पीडित पक्षको सक्रियतामा फर्काइएका चार जना अहिले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको संरक्षणमा छन्। कानुनी उपचारको खोजीको क्रममा प्रहरीलाई आफ्नो पीडा सुनाउन व्यस्त उनीहरूले अहिले चिकित्सकीय तथा मनोवैज्ञानिक परामर्श पनि लिइरहेका छन्।

उनीहरूलाई अस्ट्रेलिया लैजाने भन्दै बाली लगेर त्यहाँ बन्धक बनाइएको थियो।

नेपालमा रहेका परिवारलाई "अस्ट्रेलिया पुगिसक्यौँ भन्न लगाएर" दलालहरूले "दशौँ लाख रुपैयाँ ठगी गरेको" दाबी गरिको छ।

आरोप लागेका दुई जनालाई पनि नेपाल फर्काइको छ। उनीहरू पनि अहिले अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्।

प्रकाशित मिति: : 2019-08-31 19:14:33

प्रतिकृया दिनुहोस्