वेष्टइन्डिज विरूद्धको पहिलो टेष्टमा भारतको फराकिलो जित

तस्बिरः एजेन्सी

वेष्टइन्डिज विरुद्धको पहिलो टेष्टमा भारतले कीर्तिमानी जित निकालेको छ ।

आइसीसी टेष्ट च्याम्पियनसिप अन्तर्गत वेष्ट इन्डिजमा भएको खेलमा भारतले ३ सय १८ रनको कीर्तिमानी जित निकालेको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले पहिलो पारीमा २ सय ९७ रन बनाएको थियो। उसका लागि अजिन्क्या राहाणेले ८१ रन बनाउँदा रविन्द्र जडेजाले ५८ तथा लोकेश राहुलले ४४ रन जोडेका थिए।

जवाफी ब्याटिङ गरेको वेष्टइन्डिज पहिलो पारीमा २ सय २२ रनमा अलआउट भयो। वेष्टइन्डिजका लागि सर्वाधिक रन बनाउने खेलाडीमा रोस्टोन चेसले ४८ रन बनाए भने कप्तान जेसोन होल्डरले ३९ रनको योगदान गरे। बलिङमा भारतका लागि इसान्त शर्माले पाँच विकेट लिएका थिए।

पहिलो पारीमा ७५ रनको अग्रता बनाएको भारतले दोस्रो पारीमा ३ सय ४३ रन बनाउँदै पारीको घोषणा गरेको थियो।

भारतका लागि अजिन्क्या राहाणेले १ सय दुई रन बनाउँदा हनुमान विहारीले ९३ रनको पारी खेले। यस्तै कप्तान विराट कोहलीले ५१ रन बनाएका थिए।

दोस्रो पारीमा भारतको उत्कृष्ट ब्याटिङका कारण वेष्ट इन्डिजले ४ सय १९ रनको लक्ष्य पाएको थियो।

दोस्रो पारीमा वेष्टइन्डिज मात्र १ सय रनमा अलआउट भएपछि भारतले फराकिलो जित निकालेको हो। उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके। जसमा केमर रोचले सर्वाधिक ३८ रन बनाउनु बाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

उसलाई कम स्कोरमा रोक्न जसप्रित बुम्राहले ५ तथा इसान्त शर्माले तीन र मोहम्मद सामीले दुई विकेट लिए।

प्रकाशित मिति: : 2019-08-26 08:23:41

प्रतिकृया दिनुहोस्