रोरी बर्न्सको शतकपछि इङल्याण्ड अष्ट्रेलियाविरूद्ध बलियो स्थितिमा

तस्बिरः एजेन्सी

काठमाडौं । ओपनर रोरी बर्न्सको शतकीय पारीले एसेज सिरिज अन्तर्गतको दोस्रो दिनको खेल सकिँदा आयोजक इङल्याण्ड बलियो स्थितिमा पुगेको छ ।

दोस्रो दिनको खेल सकिँदा इङ्ल्याण्डले ४ विकेट गुमाएर २६७ रन बनाएको छ। अब इङल्याण्ड अस्ट्रेलियाभन्दा १७ रनले पछाडि छ।

बर्न्सले १२५ रन बनाएर अविजित खेलिरहेका छन्। आफ्नो आठौ टेस्ट खेलिरहेका २८ बर्षिय बर्न्सले आफ्नो पहिलो टेस्ट शतक बनाउँदै इङल्याण्डलाई राम्रो शुरुवात दिएका हुन्।

इङल्याण्डका लागि कप्तान जोय रूट ५७ रन बनाएर आउट भएका थिए। त्यस्तै बेन स्टोक ३८ रन बनाएर खेलिरहेका छन्। त्यस्तै जासन रोय १० रन, जस बटलर ५ र जोय डेनली १८ रन बनाएर आउट भएका थिए।

अष्ट्रेलियाका लागि जेम्स पाटिन्सनले २ विकेट लिएका छन् भने पाट कमिन्स र पिटर सिडडलले एक एक विकेट लिएका थिए।                       

यसअघि पहिलो दिनको खेल सकिँदा अस्ट्रेलियाले सबै विकेट गुमाउँदै २८४ रन बनाएको थियो।

इङल्याण्डले आफ्नो पहिलो इनिङ सुरु गर्दै कुनै विकेट नगुमाई १० रन बनाएको थियो ।

यस अघि अस्ट्रेलियाले टस जितेर पहिला ब्याटिंग शुरु गरेपनि खराब शुरुवात गरेपनि स्टिभ स्मिथले अस्ट्रेलियालाई सम्हालेका थिए । १४४ रनको शतकीय पारी खेलेका स्मिथले खराब अवस्थामा रहेको अस्ट्रेलियालाई २८४ रनसम्म पुर्‍याएका थिए।

एक बर्षको प्रतिबन्ध पछि टेस्ट क्रिकेटमा फर्किएका स्मिथको टेस्ट क्रिकेटमा यो २४औ शतक हो ।

त्यस्तै अस्ट्रेलियाको पारीमा पुछारका ब्याट्सम्यान पिटर सिडडलले पनि ४४ रनको महत्वपूर्ण पारी खेलेका थिए। उनले नवौ विकेटका लागि स्मिथसँग ८८ रनको साझेदारी गरेका थिए। त्यस्तै नाथन लियोनले पनि अविजित १२ रन बनाउदै दशौ विकेटका लागि स्मिथसँग ७४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।  

इङल्याण्डका बलर स्टुअर्ट बोर्डले ५ विकेट लिए भने क्रिस वोक्सले ३ विकेट लिएका थिए । त्यस्तै बेन स्टोक र मोइन अलीले एक एक विकेट लिए ।

प्रकाशित मिति: : 2019-08-03 08:57:33

प्रतिकृया दिनुहोस्