काठमाडौं । ३८ सय किलो सुन र सनम शाक्य हत्या प्रकरणमा जोडिएको मुद्दामा सर्वोच्च अदालतले एक जनाबाहेक सबैको उच्च र जिल्ला अदालतको फैसला नै सदर गरेको छ।
त्यस्तै व्यवसायी महाविरप्रसाद गोल्याललाई भने १० लाख रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ।
यो पनि पढ्नुस्
डेढ वर्षदेखि ‘ए.एल.स.’ रोगबाट थलिएका टेण्डी
माेरङ जिल्ला अदालतकाे २०७५ जेठ ८ काे आदेश र उच्च अदालत विराटनगरकाे २०७५ भदाैं ५ काे आदेशले गाेल्यान थुनामा थिए।
लामो समयको बहसपछि मंगलबार न्यायाधीशद्वय अनिलकुमार सिन्हा र शुष्मालाल माथेमाको इजलासले अधिल्ला अदालतहरुको निर्णय नै सदर गर्ने निर्णय सुनाएको हो।
सुन प्रकरणमा र हत्या प्रकरणमा जोडिएका २९ जना जिल्ला अदालत मोरङ र उच्च अदालत मोरङको निर्णयविरुद्ध सर्वोच्च अदालत आएका थिए। सर्वोच्चको यो निर्णयसँगै अब उनीहरुले जेलभित्र नै बसेर मुद्दा लड्नुपर्ने छ।
निलम्बित डिएसपी सञ्जय राउत, महाविर प्रसाद गोल्याल, तुलाराम थारु, रामकुमार तिवारी, पूर्वडिआइजी गोविन्द प्रसाद निरौला, हेमन्त गौतम, विमल पौदार, राजेन्द्र कुमार शाक्य, भुजुङ गुरूङ्लगायत २९ जनाले सर्वोच्च अदालत आएका थिए।
सर्वोच्चको फैसलासँगै सुन काण्डमा मुछिएका अवकाशप्राप्त डीआइजी गाेविन्द निराैला, एसएसपी दिवेश लोहनी, एसपी बिकासराज खनाल, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलले थुना बाहिरै बसेरै मुद्दा लड्न पाउने भएका छन् ।यस्तै एसएसपी श्यामबहादुर खत्री र डिएसपी सञ्जयबहादुर राउत भने थुनामै रहने भएका छन्।
अपराधिक समूह स्थापना र सञ्चालन, सुन चोरी पैठारी र चोरी निकासी, अपहरण शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा आरोपपत्र दायर भएको थियो।