ऋतिक रोशन अब भगवान रामको भूमिकामा

तस्बिरः एजेन्सी

‘सुपर ३०’ को सफलतापछि ऋतिक रोशनसँग फिल्मको माग बढेको छ। उनलाई अघिल्लो फिल्म रामायणका लागि रामको अभिनयको प्रस्ताव आएको छ। ऋतिकले भगवान रामको अभिनयको लागि आएको प्रस्तावलाई स्विकार गरिसकेको भारतीय मिडियाले जानकारी दिएका छन्।

 निर्देशक नितेश तिवारी र रवि उदयावरको ठूलो बजेटको यो फिल्म हिन्दी र तमिलमा बन्ने छ। फिल्मलाई अल्लु अरविन्द, नमित मल्होत्रा र मधुले निर्माण गर्नेछन्। फिल्मको सुटिङ ३–डी प्रविधिमा हुनेछ।

फिल्ममा सीताको अभिनयका लागि दीपिका पादुकोणसँग कुराकानी भइरहेको निर्माता मधुले बताइन्। हालसम्म आधिकारीक निर्णय भइसकेको छैन। तर, दीपिकाले सीताको भूमिका स्विकार गरिन् भने बलिउडमा ऋतिक र दीपिकाको जोडीलाई लिएर पहिलो फिल्म हुनेछ। ऋतिकको अघिल्लो फिल्म ‘वार’ छिट्टै रिलिज हुँदैछ। दीपिका हाल ‘८३’ को सुटिङमा व्यस्त छिन्।

 

 

प्रकाशित मिति: : 2019-08-02 08:09:04

प्रतिकृया दिनुहोस्