हक्स ब्राम्पटनको लगातार तेस्रो जित, सोमपाल प्लेइङ सेटमा परेनन्

Agency

काठमाडौं । क्यानाडामा जारी ग्लोबल टी-२० मा हक्स ब्रामपटनले लगातार तेस्रो जित निकालेको छ।

लिग अन्तर्गत गए रातिको खेलमा विन्निपेग हक्सलाई ७ विकेटले हराउँदै ब्रामपटन वोल्भ्सले लगातार तेस्रो जित निकालेको हो।

हक्सले दिएको ११७ रन्को लक्ष्य पछाएको वोल्भ्सले १४.३ ओभरमा मात्र ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

वोल्भ्सका लागि कप्तान कोलिन म्रुनोले अर्धसतकीय इनिङ्स खेले। उनले  ३१ बलमा ५३ रन बनाएका थिए भने बबर हायातले अविजित ३७ रन बनाएका थिए। त्यस्तै लेंडी साइमन्सले २२ रन जोडेका थिए।

हक्सका बलर मोहमद इरफानले २ विकेट तथा वरूण सेहदेभले एक विकेट लिए पनि हार टार्न सकेनन्।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हक्सले १८.५ ओभरमा अल आउट हुँदै ११६ रनमा समेटिएको थियो।

हक्सका लागि शैमान अनवरले सर्वाधिक ३१, कलीम सानाले २७ र सन्नी सोहेलले १६ रन बनाए । हक्सका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

वोल्भ्सका बलर रोहन मुस्तफा, इश सोढ़ी, शहिद अफ्रिदी र जाहुर खानले समान २-२ विकेट लिएका थिए।

यो खेलमा पनि नेपाली तिब्र गतिका बलर सोमपाल कामी बेन्चमै बसेका थिए।

विश्वकप छनोटको खेल सकेर क्यानडा पुगेका सोमपाल भने प्लेईङ सेटमा पर्न असफल रहे । उनले पहिलो विदेशी लिगको फ्रेन्चाईज खेलमा डेब्युका लागि अझै केही समय पर्खनुपर्ने देखिएको छ ।

प्रतियोगितामा हक्सको चौथो खेलमा यो दोस्रो हार हो।

प्रकाशित मिति: : 2019-08-02 07:55:09

प्रतिकृया दिनुहोस्