काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर्राष्ट्रिय खेल खेल्ने मैदान नभएको भन्दै नेपालले सन् २०२२ को विश्वकप छनोट फुटबलका घरेलु मैदानमा खेल्ने खेलहरु नेपालमा नखेलाउने भएको छ।
एन्फाले तत्काल दशरथ रंगशाला बन्ने अवस्था नरहेको भनदै घरेलु मैदानमा हुनुपर्ने सुरुआतका ‘होम’ खेलहरु ‘अवे’ खेलकारुपमा परिणत गर्न पहल गर्ने जनाएको छ।
एन्फाको मंगलबार राजधानीमा बसेको आपतकालिन समितिको बैठकले सो निर्णय गर्दै एसियाली फुटबल महासंघ (एएफसी) सँगत स्वीकृति लिइ सम्बन्धित राष्ट्रहरुसँग पहल गर्ने बताएको छ।
त्यसपछि नेपालमै खेल्नुपर्ने खेलहरु कुवेत फुटबल संघसँग समन्वय गरी कुवेतमै खेल्ने निर्णय एन्फाले गरेको छ ।
नेपालले पहिलो खेल कुवेतमा आउँदो भदौ १९ गते खेल्नेछ ।
वि.सं. २०७२ सालको भूकम्पले थलिएको दशरथ रंगशाला समयमै पुनःनिर्माण गर्न सरकारले चासो नदेखाएपछि नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा आलोचना खेप्नुपरेको छ ।
त्यस्तै, एन्फाले एएफसीको स्वीकृतिमा विभिन्न पदपूर्ति गर्नेक्रममा टेक्निकल डाइरेक्टर अष्ट्रेलियाका गेरी फिलिप्सलाई, हेड अफ कोचेज एजुकेसन पदमा सन्जित सिंहलाई, हेड अफ इलिट एन्ड युथ पदमा नवीन महर्जनलाई र हेड अफ वुमेन्स पदमा हरि खड्कालाई नियुक्त गरेको छ ।
एन्फाको आपत्कालीन बैठकले विभिन्न ११ वटा निर्णय गरेको जनाइएको छ।
हेर्नुहोस् एन्फाको निर्णय