सिंगापुर । सिंगापुरमा जारी आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत कुवेतले नेपालविरुद्ध १४२ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४१ रन बनाएको हो।
कुवेतका लागि कप्तान मोहम्मद कासिफले सर्वाधिक ४९ रन बनाए। ३६ बल खेलेका उनले ४ छक्का र २ चौकासहित नटआउट रहेर कप्तानी इनिङ्स खेले।
एडनान इड्रेसले २५ रन बनाउँदा एमएलएम आसलामले २३ रन जोडे।
सन्दररूवानले १५ रन जोड्दा बिलाल ताहिरले १३ रन बनाए। बाँकी ६ जना ब्याट्समेनले दोहोरो रनको स्कोर छुन सकेनन्।
कुवेतका दुई जना ब्याट्मेन शून्यमा आउट भएका थिए।
कुवेतलाई मध्यम स्कोरमा समेट्न नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले ३-३ विकेट लिए।
करन केसीले २ विकेट लिँदा अभिनास बोहोराले १ विकेट लिए।
स