नेपालमा यतिबेला धमाधम पानी जहाज बनाउने काम भैरहेको छ ।
सन् २०२० को नेपाल भ्रमण वर्षलाई ध्यानमा राखेर ६ महिनादेखि पानीजहाज बनाउने काम भैरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रा.लि.का प्रबन्धक निर्देशक रामचन्द्र कँडेलले खुलासा गरेका हुन् ।
उनका अनुसार चितवनको नारायणी नदी किनारको काभ्रेघाटमा विगत ६ महिनादेखि बनाइदै गरिएको दुईतले पानी जहाजको लम्बाई एकसय मिटर चौडाइ र २५ मिटर हुने छ ।
दुई सय यात्रु अट्ने नर्वेजियन प्रविधिमा आधारित पानीजहाज भारतको ग्रान्ड्युर मरिन इन्टराेशनल कम्पनीले बनाइ रहेको हो ।
अबको दुई महिनामा पानीजहाज तयार गरेर जलयात्रा सुरू गरिने जानकारी पनि कँडेलले सार्वजनिक गरेका छन् । पानी जहाजले चितवनको ज्ञानेश्वर सामुदायिक वनदेखि देवघाट-गोलाघाटसम्म सञ्चालन गर्ने अनुमति पाइसकेको पनि उनले बताए ।
काभ्रेघाटमा यात्रु झर्ने र चढ्ने पोर्ट रहने ब्यवस्था गरिएको पानीजहाजको यात्रा तीन घण्टाको हुने जानकारी पनि कँडेलले दिए ।
चितवन घुम्न आउने पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकनपछि नारायणी नदीमा पानी जहाजको पनि मज्जा लिऊन् भन्ने उद्देश्यले पानीजहाज सञ्चालनमा ल्याउन लागेको कँडेलले बताए।