आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरूपूर्णिमा । नेपाल तथा नेपालबाहिर जहाँ गुरूकुल शिक्षा पद्धतिको गहिरो छाप छ, त्यहाँ गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने चारै प्रकारका गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ ।
गुरू संस्कृत भाषाको शव्द हो । यो दुई अक्षर गु र रू मिलेर बनेको छ । यसमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भनेको प्रकाश हो । यी दुबै अक्षर र अर्थ जोड्दा गुरूको अर्थ हुन्छ- ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्ति ।
अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्व नै गुरु हो। यस्ता गुरुलाई माता पिताजस्तै देवता समान मानी ‘आचार्यदेवो भव’ पनि भन्ने चलन छ ।
गुरुपूर्णिमाका अवसरमा विद्यालय एवम् विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गर्छन् । भौतिक रूपमा टाढा भएका शिष्यहरू आफ्ना गुरूप्रति भर्चुअल रूपमा भए पनि श्रद्धा र सम्मान व्यक्त गर्छन् ।
गुरूका निम्ति श्रद्धा र सम्मान प्रकट गर्न यो मन्त्र उच्चारण गर्ने चलन छ-
गुरु ब्रम्हा, गुरू विष्णु, गुरु देवो महेश्वराय।
गुरु साक्षात परब्रह्म, तस्मै श्री गुरूवे नमः।।
हुन त गुरू पूर्णिमाका केही सनातनी पक्षलाई लिएर अहिले सान्दर्भिक नभएको कुरा पनि उठाइन्छ र टिचर्स डे मनाउने चलन पनि सुरू भएको छ । तर, जे भए पनि शिक्षा र दीक्षा दिने व्यक्तित्वको जीवनमा अहम् महत्व हुन्छ र उनीहरूप्रति एक दिन मात्र ३६५ दिन नै कृतज्ञ हुनुपर्छ ।