सरकार-माओवादी द्वन्द्वको कथा भन्नु थियो । खगेन्द्र लामिछानेसँग ‘टलकजङ भेर्सस टुल्के’को कथा थियो । तर, चलचित्र बनाउन पैसा त चाहियो । कसरी जुटाउने ? खगेन्द्र खेलिहाल्छन् । कथा उनकै । अनुप बराललाई निर्देशन गर्न लगाउने भन्ने सल्लाह भयो । श्रीमती यूके बसेर कमाएर पठाएको पैसाले रवीन्द्रले गोलढुंगामा घडेरी किनेका थिए । त्यसकै लालपूर्जा झोलामा बोकेर हिँडिरहेका थिए रवीन्द्र ।
अनुपका ठाउँमा निश्चल बस्नेतलाई निर्देशन गर्न लगाउने निष्कर्षमा पुगे रविन्द्र र खगेन्द्र । ‘लुट’ निर्देशन गरेर नेपाली चलचित्रको परम्परागत (बलिउड सूत्र) परिवर्तन गराइदिएका निश्चलले निर्देशन गरेपछि ‘टलकजङ भर्सेस टुल्के’ हिट् हुन्छ भन्नेमा उनीहरु पुगे ।
रामकुमार बाँनीया 'को-प्रोडुसर' हुने भए । कथा राम्रो छ । 'लुट'को निर्देशकले निर्देशन गरेको भनेपछि 'लुट' हेर्ने दर्शक कम्तिमा एकपटक हेर्न आए भने पनि हामी डुब्दैनौं । चलचित्र 'हिट' नभए पनि लगानी डुब्दैन भनेर रामकुमारलाई भने । रवीन्द्रले रामकुमारलाई भने, “पैसा डुब्दैन लगानी गर । डुब्यो भने यही लालपुर्जा राखेर तेरो पैसा लैजा ।”
त्योबेलासम्म रवीन्द्रलाई न कार्यकारी निर्माता बन्छु भन्ने थियो न त कलाकार बन्छु भन्ने नै थियो । निश्चलले कलाकारका लागि सबैको 'अडिसन' लिने भए । खगेन्द्रदेखि ऋचा शर्मासम्मको 'अडिसन' लिए । रवीन्द्रको मनको भित्री तहमा एउटा लोभ थियो देखिने ठाउँमा केही न केही रोल भए त हुन्थ्यो । त्यसैले उनले चलचित्रको ‘बाबु शाहेव’को रोलमा 'अडिसन' दिए ।
निश्चलसँग खासै चिनजान थिएन । निश्चलले भने, “दाइ तपाईंलाई त अर्कै रुपमा देखेको थिएँ । आज अर्कै रुपमा देखिनुभयो । ‘बाबु शाहेव’मा अभिनय गर्नुहुन्छ भने गर्नुस् ।