भदौ २९ गते हुने जुम्ला रारा अल्ट्रा म्यमराथनको प्रमोसनल रेस आजबाट सुरु भएको छ । जुम्ला खलंगादेखि मुगुको रारा ताल हुटुसम्मको ४९ किलोमिटरको दौड प्रतियोगिता दोस्रो पटक हुन लागेको हो ।
प्रमोसनल रेसमा ४९ किलोमिटरको जुम्ला राराको म्याराथन भैरहेको छ, भने पाँच किलोमिटरको म्याराथन जुम्ला बजारमा सम्पन्न भैसकेको छ ।
जुम्ला देखि रारासम्मको भैरहेको प्रतियोगिताको नतिजा साँझसम्म आउनेछ । पाँच किलोमिटरको दुरि २७ मिनेट ५० सेकेन्ड १० पलमा अवधिमा पार गर्दै महिला तर्फको जुम्ला हिमा गाउँपालिकाकि १३ वर्षीया हिमाली शाही प्रथम भइन भने २२ मिनेट ५२ सेकेन्ड ४१ पलमा पार गर्दै पुरुष तर्फ चन्दननाथ नगरपालिकाका विनोद सुनार प्रथम भए ।
महिला तर्फ निरु रावत द्वितीय, अस्मिता सुनार तृतीय र निशा रावत चौथो भए । त्यस्तै पुरुष तर्फ विवेक बुढा, प्रेम रावत र मदन बुढा क्रमश द्वितीय, तृतीय र चौथो भए ।
पाँच किलोमिटरको दुरिको प्रतियोगितामा कुल ८५ जनाले भाग लिएका थिए भने ४९ किलोमिटरको जुम्ला राराको प्रतियोगितामा २० जना सहभागी छन ।
जस्को पुरुस्कार वितरण आज अपरान्ह रारा तालमा हुने आयोजक संस्था कर्णाली स्पोर्स क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए ।
यस वर्ष अक्टोबरमा अन्नपूर्णमा पहिलो पटक गोल्डेन ट्रेल वल्र्ड सिरिज हुँदैछ । जसको क्वालीफाइ रेस जुम्ला रारा अल्ट्रा म्याराथन हो ।
भदौं २९ मा हुने दोस्रो जुम्ला रारा अल्ट्रा म्याराथनमा प्रथम, द्वितीय र तृतीय हुने ३ महिला र ३ तीन पुरुषले अन्नपूर्ण गोल्डेन ट्रेल वल्र्ड सिरिजमा सहभागी हुन पाउने छन् ।
भदौ २९ को म्याराथनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितीहरु सहभागी हुने आयोजकले जनाएको छ ।