दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका मध्ये २ बालकको शव सशस्त्र प्रहरी वलको गोताखोरले मंगलबार विहान निकालेको छ।
साेही ठाउँमा बस्ने १३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरीजनको शव फेला पारेकाे डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनिहरूकाे खाेजिकाे लागि सशस्त्र प्रहरी वल नेपाल नं. ४२ रिजर्भ गण बांकेबाट परिचालन गरेकाे थियाे।
सुरक्षा वेश लुम्विनीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक दिपक कोइरालाको कमाण्डमा खटिएको गोताखोर सहितको टोलीले मंगलबार विहान बेपत्ता भएकाे ठाउँबाट २ बालकको शव फेला पारेकोकाे डिएसपी थापा जानकारी दिएका छन्।
बेपत्ता पर्रेका मध्ये १४ वर्षका राज यादवको शव सोमबार साँझ फेला परेको थियो।