त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघले मार्‍यो बाजी

Break n Links
Break n Links

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका दीपक राज जोशी निर्वाचित भएका छन्।

सोमबार इलेक्ट्रोनिक भोटिङ मेसिनबाट भएको मतदानको नतिजा सोमबार नै सार्वजनिक भएको हो।

जोशीले ७ सय ८९ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सिद्धान्त भट्टले ७ सय ८१ मत प्राप्त गरे। जोशीले भट्टलाई जम्मा ८ मतले मात्र पछि पार्दै सभापतिमा बाजी मारेका हुन्।

यो पनि-

त्यस्तै अनेरास्ववियु क्रान्तिकारीका प्रविन दाहालले ७ सय २७ मत प्राप्त गरे।

सभापतिमा नेविसंघ विजयी भएपनि सभापतिबाहेक अन्य सबै पदमा अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन्। सचिवमा हिक्मतकुमार बुढा र कोषाध्यक्षमा सञ्चमाया सुब्बा निर्वाचित बनेका छन्।

प्रकाशित मिति: : 2025-03-31 19:45:00

प्रतिकृया दिनुहोस्