हनुमन्ते खोलामा फेला परेको शवको खुल्यो पहिचान

प्रतिकात्मक तस्बिर
प्रतिकात्मक तस्बिर

भक्तपुरस्थित हनुमन्ते खोलामा शनिबार फेला परेको शवको पहिचान खुलेको छ।

शनिबार अपराह्न ३ः४५ बजे नगरपालिका-१ सिर्जनानगरस्थित हनुमन्ते खोलामा भेटिएको युवकको शव शव रामेछापको गोकुलगङ्गा गाउँपालिका-५ कानीटार घर भई हाल भक्तपुरको जगाती बस्ने २१ वर्षीय रञ्जित विकको भएको खुल्न आएको छ।

मृतककी दिदी पूजा विक प्रहरीको सम्पर्कमा आई शवको पहिचान गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी ढुण्डिराज नेउपानेले बताए।

शवको पोस्टमार्टमपछि सोमबार दिउँसो भाउजू शर्मिला गजमेरले शव बुझेको उनले बताए।

मृत्युको कारण खुल्न सकेको छैन। प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको बताएको छ।

प्रकाशित मिति: : 2025-03-10 17:44:00

प्रतिकृया दिनुहोस्