बलात्कार आरोपमा एकीकृत समाजवादीका नेता पक्राउ

जबर्जस्ती करणीको आरोपमा एकीकृत समाजवादीका नेता पक्राउ परेका छन्। स्याङ्जा प्रहरीले विष्णु गिरीलाई करणी गरेको आरोपमा पक्राउ गरेको हो। 

गिरी नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेशका उपाध्यक्ष र स्याङ्जाका जिल्ला अध्यक्ष पनि हुन्।

कास्की प्रहरीमा उनिविरुद्ध बलात्कारको आरोपमा उजुरी परेको थियो। ५१ वर्षीय गिरीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेर कास्कीलाई बुझाएको छ। कास्की जिल्ला अदालतबाट बुधबार नै ६ दिनको म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। 

प्रकाशित मिति: : 2025-03-06 08:58:00

प्रतिकृया दिनुहोस्