अमेरिकाले फिर्ता पठाएका नेपालीहरू मानव बेचबिखन ब्युरोको नियन्त्रणमा

Break n Links
Break n Links

अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका १० जना नेपाली स्वदेश फिर्ता भएका छन्।

बुधबार अमेरिकाको न्यू ह्याम्पसरको पोट्र्समाउथबाट आएको गल्फ स्ट्रिमको जीआरपी-२३ जहाजले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको हो।

स्वदेश फर्किएका उनीहरूलाई अध्यागमन कार्यालयले नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोको जिम्मा लगाइएको छ।

नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले अमेरिकाले फर्काएकाहरू मानव बेचबिखन तथा ओसारपसारका पीडित हुन् कि भनेर सोधपुछका लागि झिकाइएको बताए।

उनले भने, ‘अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ९ जना हाम्रो सम्पर्कमा छन्, उहाँहरू कसरी त्यहाँ पुग्नुभयो, मानव बेचबिखन तथा ओसारपसारका भिक्टिम हो कि भन्ने ढंगले सामान्य सोधपुछ गर्नका लागि बोलाएका हौं।’

राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीप्रति कडा नीति अवलम्बन गर्दै गैरकानुनी आप्रवासीलाई स्वदेश फर्काइरहेका छन्। त्यसक्रममा यसअघि २७ नेपाली फिर्ता भएको अध्यागमन विभागले जनाएको छ।

प्रकाशित मिति: : 2025-03-05 12:35:00

प्रतिकृया दिनुहोस्