बलिउड अभिनेत्रीले गरिन् नेपाली युवकसँग विवाह

बलिउड फिल्म ‘जुगजुग जियो’ अभिनेत्री प्रजक्ता कोलीले नेपाली केटासँग विवाह गरेकी छन्। 

उनले नेपाली युवक वृशांक खनालसँग मंगलबार विवाह गरेकी हुन्। जसको जानकारी कोलीले सामाजिक संजाल इष्टाग्रामबाट दिएकी छन्।

उनीहरुको विवाह भारतको खालापुर सहरमा रहेको एक पाँचतारे रिसोर्टमा भएको थियो। 

उनीहरूलाई मनिषा कोइराला, हुमा कुरैसी, दीया मिर्जा, विक्रान्त मेस्सी, अनन्या पाण्डे, जरिन खान लगायतले बधाई दिएका थिए। 

प्रकाशित मिति: : 2025-02-26 15:33:00

प्रतिकृया दिनुहोस्