उदित नारायणकी जेठी श्रीमतीको चित्कार–मलाई पैसा होइन, श्रीमानको साथ चाहिन्छ

बलिउडका चर्चित गायक उदित नारायणकी जेठी श्रीमती रञ्जना झाले उनीविरुद्ध कयौं आरोप लगाएकी छिन्। 

रन्जना झाले वैवाहिक अधिकार पुनस्र्थापनाका लागि सुपौल पारिवारिक अदालतमा मुद्दा दायर गरेकी छिन्। 

रञ्जनाको आरोप छ, कि उदितले उसलाई त्यो घरबाट निकाले। जहाँ उनी कयौं वर्षदेखि बसिरहेकी थिइन्। त्यसैगरी उनले गायकको दोस्रो विवाहलाई लिएर पनि एउटा खुलासा गरेकी छिन्। 

अहिलेर उदित र रञ्जना मुद्दाको लागि अदालत धाइरहेका छन्। २१ फरवरीमा उदित नारायण सुपौल कोटमा पेश भएका थिए। त्यहाँ उनले आफ्नो पहिलो श्रीमती रञ्जनासँग सहमति गर्न अस्वीकार गरेका थिए। 

सम्बन्ध–विच्छेद नभएको रञ्जनाको खुलासा

रञ्जना झाले उदित नारायणकी दोस्रो श्रीमतीमाथि प्रश्न उठाएकी छिन्। 

उनले भनिन्, ‘मैले उदित नारायणसँग विवाह गरेकी थिएँ। आजसम्म हामीहरूको डिर्भोस भएको छैन। त्यसैले उनको दोस्रो श्रीमतीलाई कानूनी रुपमा श्रीमती मान्नु गलत हो। म उसको श्रीमती हुँ। हाम्रो डिर्भोस नै भएको छैन भने दोस्रो श्रीमती कसरी भयो? कानूनी रुपमा उनी श्रीमती होइनन्। दोस्रो आइमाई हुन्। जसलाई समाजमा गलत नाम दिइएको छ।’

उदित नारायणको सम्पत्ति नभई उनको साथ चाहिएको रञ्जनाले बताइन्। उनका अनुसार प्रत्येक महिना उदितले २५ हजार पैसा पठाउने गर्छन्। जसबाट उनी आफ्नो कोठाभाडादेखि दबाई किन्नमा खर्चिन्छिन्। 

भलै, उनलाई पैसाको आवश्यकता छ। तर उनी पैसा नभई उदित नारायणको साथ चाहन्छिन्। तर उदितले भने रञ्जनासँग बस्नका लागि अस्वीकार गर्छन्। 

सन् २०२२ मा रञ्जनाले सुपौलको पारिवारिक अदालतमा विवाह पुनस्र्थापनाका लागि मुद्दा दायर गरेकी थिइन्। 

कयौं पटक पेशी नभएको कारण कोर्टले उदितलाई १० रुपैयाँको जरिवाना तिराएको छ। पछिल्लो समय २१ फरवरी कोर्टमा पेशीपछि पनि उदित नारायणले रञ्जनालाई आफ्नो साथ राख्नका लागि अस्वीकार गरेका थिए। अब त्यही मामलामा सुनुवाई २८ अप्रैलमा हुनेछ।

उदितले रञ्जनासँग गरेको वाचा

रञ्जनाले आफ्नो आरोपमा भनेकी छिन् कि उनी जुन घरमा यतिका वर्ष बसिरहेकी थिइन्। त्यो घरपनि उदितले बेचिदिएका छन्। उनका अनुसार अहिले भाडाको घरमा बस्नुपरेको छ। 

उनले भनिन्, ‘उहाँले मसँग वाचा गर्नुभएको थियो कि मलाई एउटा घर किनेर राख्नुहुन्छ। तर त्यो वाचा पूरै भएन।’

तर अब उनी उदितको साथ चाहन्छिन्। आफू बिरामी भएको बताउँदै उनी भन्छिन्, ‘म एक्ली छु। उनी मेरो श्रीमान हुन्। उसले मेरो बारेमा सोच्नुपर्छ। म एक्ली कहाँ जाम? कसकोमा जानू? अब मेरो हेरचाह गर्ने कोही छैनन। संघर्षका समयमा म उनीसँग थिएँ। तर अहिले म एक्ली छु। मलाई न्याय चाहिन्छ।’

प्रकाशित मिति: : 2025-02-25 14:07:00

प्रतिकृया दिनुहोस्