जारी युक्रेन-रुस युद्धकाबीच संयुक्त राष्ट्रसंघमा अमेरिकाले पहिलोपटक रुसको पक्षमा मतदान गरेको छ।
सोमबार पेस गरिएको रुसलाई युक्रेनी क्षेत्रबाट हटाउने एक प्रस्तावका पक्षमा ९३ र विपक्षमा १८ मत परे। ६५ देशले मतदानमा सहभागिता नै जनाएनन्।
नेपाल, बेलायत,जर्मनी, फ्रान्ससहित ९३ देशले प्रस्तावको पक्षमा मत हाल्दा अमेरिका, रुस, इजरायल, हंगेरीलगायत १८ देशले विपक्षमा भोट गरेका थिए।
रुस-युक्रेन युद्ध तेस्रो वर्षमा प्रवेश गरेसँगै युक्रेनी क्षेत्रबाट रुसलाई हटाउन मतदान भएको थियो। यद्यपि रुसले युक्रेनको भूभागमा गरेको कारबाहीको राष्ट्रसंघको बहुमतले विरोध जनाएको छ।
भारत र चीनसहित संयुक्त राष्ट्रसंघमा आवद्ध ६५ देशले मतदानमा भाग नै लिएनन्।