भ्रमण वर्ष उद्घाटनमा बेलुन पड्किँदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर घाइते

Break n Links
Break n Links

पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन पड्किँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन्। 

शनिबार पोखरा भ्रमण वर्ष २०२५ को लोगो अनावरणका क्रममा उडाउन लागिएको बेलुन पड्किएपछि उनीहरू आगोको लप्कामा परेका थिए। अर्थमन्त्री पौडेलभन्दा मेयर आचार्य बढी घाइते भएका छन्।

उडाउनै लागिएको बेलुनका गुच्छा पड्किएपछि पौडेल र आचार्यलाई आगोले पोलेको थियो। आचार्यको घाँटीमा आगोले पोलेको र उपचारका लागि फिस्टेल अस्पताल लगिएको प्रहरीले जनायो।

प्रकाशित मिति: : 2025-02-15 14:10:00

प्रतिकृया दिनुहोस्