नेकपा एकीकृत समाजवादीले केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुखहरू तोकेको छ।
पार्टीले जारी गरेको अपानी ४ मार्फत ३३ वटा केन्द्रीय विभागका प्रमुख र उप्रमुख तोकेको हो।
जसमा पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी सम्मानित नेता झलनाथ खनालले पाएका छन् भने उपप्रमुखको जिम्मेवारी नेताद्धय डा. बेदुराम भुसाल र डा. विजय पौडेलले पाएका छन्।
त्यसैगरी विदेश विभाग प्रमुखको जिम्मेवारी प्रमेश हमालले पाउँदा राजकीय मामिला विभाग प्रमुख वरिष्ठ नेता घनेन्द्र बस्नेतले पाएका छन्।
यो विभागको उपप्रमुखमा प्रमोद शर्मा छन्। प्रचार विभाग प्रमुखको जिम्मेवारी पार्टी उपाध्यक्ष प्रकाश ज्वालाले पाउँदा दामोदर अर्याल र चमिना भट्टराईले उपप्रमुखको जिम्मेवारी पाएका छन्।
सङघीय तथा प्रादेशिक मामिला प्रमुखमा उपाध्यक्ष जगन्नाथ खतिवडा, अनुगमन तथा मूल्याङकन विभाग प्रमुखमा महासचिव घनश्याम भुसाल, उपप्रमुखमा अशेष घिमिरे, संसदीय विभाग प्रमुखमा गरिमा शाह, शिक्षा विभाग प्रमुखमा पार्टी सचिव सावित्रा भुसाल, उपप्रमुखमा उदयबहादुर बोहरा, आर्थिक विभाग प्रमुखमा पार्टी सचिव सोम पाण्डे, सहकारी विभाग प्रमुखमा केशवलाल श्रेष्ठ र उपप्रमुखमा निर्मल सुवेदी र नवराज सुवेदीलाई जिम्मेवारी तोकिएको छ।