बुढासुब्बा गोल्डकप- धरान क्वाटरफाइनलबाटै आउट

Break n Links
Break n Links

धरान फुटबल क्लब २५ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाटै बाहिरिएको छ।

धरान रंगशालामा घरेलु दर्शकको साथ पाएको धरान फुटबल क्लब भारतको यूकेएफसीसँग सडनडेथमा ७-६ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।

निर्धारित समयमा दुवै टिमले एक एक गोल गरेपछि सिधै पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा दुवै टिमले ५-५ गोल गरेका थिए।

धरानका मनोज राइको प्रहार पोस्ट बाहिर गएपछि यूके एफसीका हेमराज भुजेलले निर्णायक गोल प्रहार गरेर टिमलाई सेमिफाइनलमा प्रवेश गराए। सुरुमा दोर्जे तामाङ, विवेक राई, सुगम जिमी, कार्लोस साम, बाफोरले लगातार गोल गरेका थिए।

यूके एफसीका लागि विशाल क्षेत्री, सुदिश राई, सिर्जल राई, रुस्तम प्रधान र राज रोउथले गोल गरेपछि पेनाल्टी ५-५ मा पुगेको थियो।

त्यसपछि सडनडेथमा धरानका प्रज्वल थापाले छैटौं गोल गरेका थिए। आकाश प्रधानले यूकेका लागि गोल गरेपछि सडन दुवै टिम बराबरी अवस्थामा रहेका थिए। गोलकिपरको कुनै पनि भूमिका नदेखिएको खेलमा धरानका मनोज राइको प्रहार बाहिर पुग्यो भने यूके एफसीका हेमराज भुजेलले गोल गर्दै जित दिलाए।

निर्धारित समयमा युके एफसीका हेमराज भुजेलले १८ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। तर, ४४ औं मिनेटमा धरानका विनोद राईले गोल गर्दै बराबरीमा ल्याएका थिए।

दुवै टिमले पाएका मौकाको सदुपयोग गर्न नसक्दा नतिजा निकाल्न भने पेनाल्टी हुँदै सडनडेथसम्म पुगेको थियो। प्रतियोगिताअन्तर्गत सोमबार नवजनजागृति र भुटानको आरपीसी क्लबबीच प्रतिस्पर्धा हुने छ।

प्रकाशित मिति: : 2025-02-03 10:05:00

प्रतिकृया दिनुहोस्