किस्ट अस्पतालको शौचालयमा युवकको शव फेला

Break n Links
Break n Links

ललितपुरस्थित किस्ट अस्पतालको शौचालयमा एक युवकको शव फेला परेको छ।

सोमबार ललितपुरको महालक्ष्मी नगरपालिका-८ बिशुन्डोलका ३२ वर्षीय सन्दीप रावलको शव फेला परेको ललितपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अस्पतालको इमरजेन्सी वार्ड पछाडी रहेको शौचालयभित्र युवकको शव फेला परेको थियो।

घटनाको बारेमा आवश्यक अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2025-01-27 18:15:00

प्रतिकृया दिनुहोस्