चिसो लागेर स्वास्थ्यमा समस्या देखिएपछि दुई दिनदेखि बालुवाटारमा आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली आज पनि बाहिर ननिस्कने भएका छन्
प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि ओलीको आजको सम्पूर्ण कार्यक्रम रद्द गरिएको छ। आज ओली सिद्धबाबा सुरुङ्ग ब्रेक-थ्रुका लागि पाल्पा जाने कार्यक्रम थियो।
तर, चिसोका कारण घाँटीमा समस्या भएपछि बुधबारदेखि ओली प्रधानमन्त्रीको सरकारी निवासमै आराम गरिरहेका छन्। प्रधानमन्त्रीको स्वर भासिएको र क्रमशः सुधार भइरहेको सचिवालयले जनाएको छ।