जनकपुरधाममा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका युवाहरुले टायर बालेर धनुषा प्रहरीविरुद्ध नाराबाजी एवम् प्रदर्शन गरेका छन्।
सोमबार जनक चोकमा टायर बालेर प्रदर्शन गरेका हुन्।
घर भाडाको विषयमा छलफल गर्न जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका युवाहरु र अर्को पक्षबीच कुरा नमिल्दा होहल्लाको स्थिति सृजना भएको र राष्ट्रिय युवा संघका प्रदेश अध्यक्ष लभ अधिकारीमाथि एक जना हवल्दारले हातपात गरेको भन्दै आफूहरुले विरोध गरेको अनेरास्ववियू धनुषा जिल्ला अध्यक्ष पुरुषोत्तम चौधरीले बताए।
हवलदारले गरेको अभद्र व्यवहारको जानकारी इन्सपेक्टर एस के यादवसमक्ष गर्न जाँदा उल्टै उनले आफूहरुमाथि झन बढी दुव्र्यवहार गरेको चौधरीले सुनाए।
इन्सपेक्टर एक के यादवले छलफलको क्रममा विवाद हुँदा आफूहरुले सम्झाउन मात्र खोजेको र युवाहरुले लगाएको आरोपमा कुनै सत्यता नरहेको प्रतिक्रिया दिए।