पर्यटन दशक सम्पन्न गर्न कार्ययोजना बनिरहेको छ- मन्त्री पाण्डे

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन दशक (२०२५–२०३५) सम्पन्न गर्न कार्ययोजना बनाउने काम भईरहेको बताएका छन् ।

शनिबार पर्यटन कन्कलेभमा बोल्दै मन्त्री पाण्डेले उक्त यस्तो बताएका हन्  । मन्त्री पाण्डेले  यसअघि घोषणा गरिएको सन् २०२२–०३२ पर्यटन दशक कार्ययोजना नबन्दा पर्यटन दशक अघि बढ्न नसकेको बताए । 

उनले भने, ‘यसअघि सन् २०२२–२०३२ पर्यटन दशक घोषणा गरिएको भए पनि कार्ययोजना नबन्दा पर्यटक दशक अघि बढन सकेन । पर्यटन दशक २०२५–२०३५ भव्य रूपमा सम्पन्न गर्न कार्ययोजना बनाउने काम भईरहेको छ।’

उनले संघीय पर्यटनमन्त्रीको अध्यक्षतामा बस्ने विषयगत समितिको बैठकमा निजी क्षेत्रलाई समेत सहभागी गराउने काम भईरहेको उल्लेख गरे। उनले मन्त्रालयले तयार गरेको नागरिक उड्डयनसम्बन्धि नीति मन्त्रिपरिषदबाट पारित भईसकेको, संस्कृति नीति मन्त्रिपरिषदको विधायन शाखामा पुगेको, पर्यटन नीति हवाई नीतिको कामसमेत अघि बढिसकेको प्रस्ट पार्दै आगामी हिउँदे अधिवेशनबाट, विधेयकहरू  पारित हुने विश्वास वयक्त गरे। 

मन्त्री पाण्डेले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि मन्त्रिपरिषदकै कार्ययोजना अनुरूप कार्य सञ्चालन भईरहेको समेत बताए ।
 

प्रकाशित मिति: : 2025-01-12 10:44:00

प्रतिकृया दिनुहोस्