नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा माओवादी केन्द्र कांग्रेसकाे पछि लागेकाे टिप्पणी गरेका छन्।
सोमबार पूर्वकर्मचारी समाज नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने महामन्त्री शर्माले माओवादी राेल्पामा पड्काउँदै गरेकाे बन्दुक थन्क्याएर काँग्रेसकाे पछि लागेकाे टिप्पणी गरेका हुन्।
उनले बल प्रयाेगबाट राज्य सत्ताकाे बाटाे छाेडेर विनम्रता र ब्यालेटकाे बाटाेबाट राज्य सत्तामा जाने कुराकाे नीतिमा माओवादी आएकाे दाबी गरे।
‘माओवादीको पछि लागेकाे भए त शान्ति प्रकिया छाेडेर, शान्तिपूर्ण राजनीति छाेडेर हिंसात्मक विद्राेहमा हामी माओवादीसँग जानुपर्थ्याे। माओवादी हाम्राे पछि लागेकाे कारणले राेल्पाकाे डाँडातिर पड्काउँदै गरेकाे बन्दुकलाई क्यान्टाेनमेन्टमा थन्क्याएर भाेटे ताल्चा लगाएर जनताकाे अगाडि आएर दुई हात जाेडेर तिमीले जिते तिम्राे सत्ता हामीले जिते हाम्राे सत्ता भन्ने पद्दतिमा त ऊ आएकाे हाे। बल प्रयाेगबाट राज्य सत्ताकाे बाटाे छाेडेर विनम्रता र ब्यालेटकाे बाटाेबाट राज्य सत्तामा जाने कुराकाे नीतिमा माओवादी आएकाे हाे’, महामन्त्री शर्माले भने।