नेपालबाट पहिलोपटक बंगलादेशमा विद्युत् निर्यात सुरू (भिडियाे)

Break n Links
Break n Links

नेपालले पहिलोपटक आज (शुक्रबार)देखि बंगलादेशमा बिजुली निर्यात सुरू गरेकाे छ।

ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरकाे भर्चुअल सहभागीतामा विद्युत निर्यातकाे उद्घाटन गरिएको हाे।

गएको असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार शुक्रबार सरकारले ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गरेकाे हाे। सम्झौताअनुसार भारत हुँदै बिजुली बंगलादेशमा पठाउन लागिएको हो।

नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बङ्गलादेशलाई बिजुली बिक्री गर्ने सम्झौतामा छ। नेपालले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म मात्रै बिजुली बेच्न पाउनेछ।

बङ्गलादेशलाई बिजुली बेच्दा कूल ५ महिनामा १ लाख ४४ हजार मेगावाट बिजुली निर्यात भई मुलुकलाई प्रतिमहिना करिब ३३ करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति: : 2024-11-15 13:02:00

प्रतिकृया दिनुहोस्