सहकारी ठगीबारे देउवाले भने- रविजी चलाख मान्छे हुनुहुँदोरहेछ, म त छक्कै परेँ (भिडियाे)

File Photo
File Photo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका छन्।

बुधबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै सभापति देउवाले पार्टीका महामन्त्री गगन थापाले याे विषय उठाएकाे भएपनि आफूले नपत्याएकाे तर समितिको प्रतिवेदन सार्वजनिक भएपछि पुष्टि भएको बताए।

उनले संसदीय छानबिन विशेष समिति गठन गर्दाको समयमा लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागेको बताउँदै अहिले प्रमााणित भएकोले सो विषय उठान गरेकोमा पार्टीका महामन्त्री थापालाई धन्यवाद दिए।

उनले भने, ‘सहकारीसम्बन्धी कुरा हाम्रो महामन्त्री धेरै अध्ययन गरेर भन्नुभएको छ। उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले वास्तवमा पत्याएकै थिइनँ, सहकारीको विषय यस्तो छ भनेर। रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदोरहेछ भने चलाख मान्छे। म त छक्कै परेँ कुरा सुनेर। तपाईंले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईंलाई।'

प्रकाशित मिति: : 2024-09-18 17:29:00

प्रतिकृया दिनुहोस्