महान्यायाधिवक्ता पोखरेलकाे राजीनामा स्वीकृत

Break n Links
Break n Links

महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले दिएकाे राजीनामा स्वीकृत भएको छ।

मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता पोखरेलले राजीनामा स्वीकृत गरेका हुन्।

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यू मार्फत महान्यायाधिवक्ता डा. दीनमणी पोखरेलले महान्यायाधिवक्ताको पदबाट दिनु भएको राजीनामा स्वीकृत भएको छ’, राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ।

उनी २०७९ साल पुस १४ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए। नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धन बनाइ सरकार गठन गरेपछि पोखरेलले राजनीनामा दिएका हुन्।

प्रकाशित मिति: : 2024-07-16 15:49:00

प्रतिकृया दिनुहोस्