कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ (भिडियाे)

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितकाे टाेलीले सिरोहियालाई थापाथलीस्थित कान्तिपुर पब्लिकेशनकाे कार्यालयबाट मंगलबार साँझ पक्राउ गरेकाे हाे।

दोहोरो नागरिकता लिएको आरोपमा जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेकाे थियाे। साेही पक्राउ पुर्जीकाे आधारमा उनलाई प्रहरीले पक्राउ गरेकाे हाे।

यता, सिरोहियाले आफ्नो पक्राउ पुर्जीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदनसमेत हालेका छन्। 

सिरोहियालाई भेट्न पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडासमेत कान्तिपुरकाे कार्यालयमा पुगेका थिए। यसैगरी पत्रकार महासंघकाे टाेलीलगायतका व्यक्तिहरू कान्तिपुर पुगेका थिए। 

याे पनि...
प्रकाशित मिति: : 2024-05-21 18:31:00

प्रतिकृया दिनुहोस्