कराेडाैँ लगानीमा चितवनमा खुल्यो वेलनेस होटल, पर्यटनमन्त्री तामाङद्वारा शुभारम्भ

चितवनको पदमपुरमा वेलनेस होटल खुलेकाे छ।

पर्यटनकर्मी लाक्पा ढुण्डुप लामा, सुशील चौधरी र राजेन्द्र महतोको संयुक्त लगानीमा कालिकानगर नरपालिका– १ पदमपुरमा मुनाल एण्ड मयुर होटल खुलेकाे हाे। हाेटलकाे मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले  शुभारम्भ गरेका छन्।

दुई बिघा जमिनमा निर्माण भएकाे यस हाेटलमा हेलिप्याड र स्विमिङ पुलसहितका सुविधा छन्। भने, ४१ वटा कोठा छन्। ‘हामीले ५० करोड रुपैयाँ लगानी गरिसक्यौं’, लामाले भने, ‘निर्माण पूरा भइसक्दा करिब एक अर्ब रुपैयाँ लगानी हुनेछ।’

कालिकानगर नरपालिका– १, पदमपुरमा खोलिएको रिसोर्टमा खाना र बासका साथै प्राकृतिक उपचार सुविधा रहेका छ। यहाँ तनावमुक्त बनाई निरोगी बनाउन मसाज, साउना, स्पा र अक्सिजन च्याम्बर व्यवस्था गरिएको छ।

होटल समग्र कालिकानगरको पर्यटनमा कोशेढुङ्गा बन्ने विश्वास गरिएको छ। हाेटलकाे शुभारम्भसँगै पर्यटनमन्त्री तामाङ, होटल व्यवसायी महासंघ अध्यक्ष दिनेशकुमार चुके, पर्यटन अभियन्ता लाक्पा ढुण्डुप लामा र होटलका निर्देशक राकेश महर्जनले शुभकामना मन्तव्य राखेका थिए।

होटल शुभारम्भ भएकाे अवसरमा आगामी तीन महिनासम्म होटलका कोठामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

मनास्लु क्षेत्रको पर्यटन प्रवर्द्धनमा उल्लेख्य योगदान पुर्‍याएका लामाले यस होटलमार्फत् हिमाल र तराई जोड्ने प्रयास गरेका छन्। मुनाल हिमालको प्रतीक हो भने मयुर तराईको। उनले हिमालमा बस्नेहरूलाई तराईमा र तराईमा बस्नेहरूलाई मनास्लु घुमाउने प्याकेज पनि बनाएका छन्।

होटलमा बास नबस्नेहरूका लागि पनि स्विमिङ पुल र रेस्टुरा खुला गरिएको छ। साथै यहाँ मनास्लुको स्याउका परिकार, भिर माहुरीको मह, यार्सागुम्बालगायतका जडीबुटी र जडीबुटीको तेल तथा हिमाली खाद्यान्नसमेत किन्न पाइन्छ।

हाेटल नारायणगढ बजारबाट ५.५ किलोमिटर दूरीमा पर्छ। यहाँबाट सौराहाको दूरी ९ किलोमिटर छ।

प्रकाशित मिति: : 2024-06-25 20:23:00

प्रतिकृया दिनुहोस्