इरानले बन्द गर्‍यो ‘तेलको बाटो’

अमेरिकाले पनि आक्रमण गरेपछि इरान थप दबाव अनि अलमलमा छ। अमेरिकाले इरानको सबैभन्दा महत्वपूर्ण मानिने तीनवटा आणविक प्रशोधन केन्द्रमाथि ‘सफल’ आक्रमण गरेको छ। 

त्यो भनेको इरानको फोर्दोको पहाडमुनि रहेको भूमिगत प्रशोधन केन्द्र पनि एक हो। यसरी जमिनमुनिको संरचना ध्वस्त पार्नसक्ने बमहरू अमेरिकासँगमात्रै छ। 

यो आक्रमणबारे अहिले संसारका सबैजसो राष्ट्रहरू एकअर्कामा विभाजति भएका छन्। कतिपयले अमेरिकाको ‘शक्ति प्रदर्शन’को निन्दा गरेका छन् भने कतिपयले त्यसको समर्थन पनि गरेका छन्। सबैजसो खाडी र इस्लामिक राष्ट्रहरूले त्यसको कडा निन्दा गर्दै वार्ता र संवादका माध्यमबाट युद्ध रोक्न भनेका छन्। 

दश दिनअघि इजरायलले इरानमाथि आक्रमण गरेको थियो। त्यसपछि चलिरहेको लडाईंमा अब अमेरिका पनि घुसेको छ। 

यो आक्रमणपछि शक्ति राष्ट्रहरूमाथि दबाव दिनका लागि इरानले तेल आयात-निर्यातको सबैभन्दा महत्वपूर्ण सामुद्रिक बाटो बन्द गर्ने निर्णय गरेको छ। त्यो सम्झौता खारेज गर्ने निर्णयलाई इरानको संसदले अनुमोदन गरिसकेको छ। 
इरानको यो निर्णयलाई उसको ‘अर्को भूल’ भन्दै अमेरिकाले भने त्यसको अझ भयानक मूल्य उसले चुकाउनुपर्ने चेतावनी दिएको छ। 

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानलाई महत्त्वपूर्ण स्ट्रेट अफ होर्मुज नाका बन्द नगराउनका निम्ति मनाउन चीनलाई आग्रह गरेका छन्। चीन र भारत इरानबाट तेल खरिद गर्ने दुई मुख्य ठुला देश हुन्। तर बदलिँदो परिवेशका कारण दक्षिण कोरिया र जापानले इरानबाट तेल खरिद गर्न बन्द गरिसकेकाछन्।

विश्वको तेल तथा ग्यासको करिब एक चौथाइ परिमाण ढुवानी गरिने पर्सिअन खाडीको मुखमा रहेको उक्त साँघुरो सामुद्रिक मार्ग विश्वकै इन्धन आपूर्ति चक्रको एक महत्वपूर्ण हिस्सा हो। 

यो कस्तो बाटो?
यो बाटाबाट हुने आपूर्तिमा कुनै रोकावट भएमा विश्वको अर्थतन्त्रमा गम्भीर प्रभाव पर्छ र तेलको भाउ बढेमा त्यसले भारत, चीन र जापानजस्ता मुख्य आयातकर्ताहरूका लागि समस्या पैदा गर्छ।

विश्लेषकहरूका अनुसार उक्त मार्ग अवरोधको निर्णय इरानको सरकारको सुरक्षा अधिकारीहरूले मात्र गर्न सक्छन् नकि त्यहाँको संसद्ले। इरानको आफ्नै निर्यात र उसको अर्थतन्त्रका लागि पनि त्यहाँ निर्वाध ढुवानी भइरहनु जरुरी हुनाले त्यसलाई अवरोध गर्ने निर्णय उनीहरूकै लागि पनि जोखिमपूर्ण कदम हुन सक्छ। अमेरिकाले त्यसलाई ‘इरानकै लागि आर्थिक आत्महत्या सरह’ भनेर टिप्पणी गरेको छ। 

अरब र ओमन खाडीबीचको रणनीतिक रुपमा महत्वपुर्ण तेलमार्ग हो होर्मुजसमुन्द्री मार्ग क्षेत्र। जो विश्वको तेलमार्गको सेतुका रुपमा चिनिन्छ। करिव ४० किमी लामो होर्मुजसमुन्द्री तेल मार्ग तरल प्राकृतिक ग्यास ओसारपसार गर्ने महासागरको बाटो हो। केही दिन अघि अर्थात १३ जुनमा त्यस क्षेत्रमा भएका  विस्फोटहरुले कैयौं क्षति भएको बताईन्छ। साथै तेल ट्याकंरहरु समेत ध्वस्त भएका थिए।

विश्वको करिव छैठौं स्तरको तेला निर्यातको यो मार्ग इरान र इजरायलबीचको लडाईका कारण प्रभावित छ। यो मार्ग भएर प्रतिदिन १ करोड ७२ लाख व्यारेल पेट्रोलियम पदार्थ ओसारपसार हुन्छ। ओमान र इराकबीचका यो मार्गले साउदी अरेबिया, इरान, युएईलगायतका देशहरूलाई अरब सग र त्यसबाहिरको सामुद्रिक बाटोलाई जोड्छ।  

पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन (ओपेक) का सदस्यहरू साउदी अरेबिया, इरान, युएई र कुवेतबाट आउने अधिकांश तेल समावेश छ। विश्वको सबैभन्दा ठूलो एलएनजी निर्यातकर्ता कतारले पनि आफ्नो अधिकांश एलएनजी यही मार्गबाट पठाउँछन्।

१९० को दशकमा इरान–इराक युद्धको समयमा, दुई देशहरूले नियमित रूपमा एकअर्काको तेल ढुवानीमा धम्की दिन्थे। १९८ मा, अमेरिकी युद्धपोत भिन्सेन्सले इरानी यात्रुवाहक विमानलाई गोली हानेर खसाल्यो, जसमा २९० जनाको मृत्यु भयो जुन वाशिंगटनले दुर्घटना भएको बताएको थियो। सन् २०१० मा, एक जापानी तेल ट्याङ्करलाई अल–कायदासँग सम्बन्धित समूहले आक्रमण गरेको थियो।२०१२ को सुरुवातमा, इरानले तेल बिक्रीलाई लक्षित गर्दै अमेरिकी र युरोपेली प्रतिबन्धहरूको बदलामा जलडमरूमबाट यात्रा गर्ने जहाजहरूमा हस्तक्षेप गर्ने धम्की दिएको थियो। पश्चिमी त्यो प्रयास तेहरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नको लागि एकीकृत कार्यक्रमको एक हिस्सा थियो।

मे २०१९ मा, दुई साउदी तेल ट्याङ्करहरू सहित चार जहाजहरू – हर्मजको सामुन्द्रिक मार्ग भन्दा ठीक बाहिर फुजैराह नजिकै आक्रमण गरिएको थियो। जुन १३ मा ओमानको खाडीमा दुई तेल ट्याङ्करहरूमा भएको आक्रमणले विश्वव्यापी तेल आपूर्तिको बारेमा चिन्ता र हर्मुजको जलडमरूमबाट हुने ढुवानीको सुरक्षाको बारेमा नयाँ प्रश्नहरू उठाएको थियो।

जुलाई ११ मा, बेलायतले भन्यो कि तीन इरानी जहाजहरूले बेलायती व्यावसायिक जहाजको बाटो अवरोध गर्ने असफल प्रयास गरेका थिए, जुन दाबी इरानले अस्वीकार गर्दछ। एक हप्ता अघि, बेलायतले जिब्राल्टरको तटबाट युरोपेली संघको प्रतिबन्धको उल्लङ्घन गर्दै सिरियामा कच्चा तेल ढुवानी गरेको आशंकामा एक इरानी तेल ट्याङ्करलाई कब्जा गरेको थियो।

विश्व इन्धन आपूर्तिमा कस्तो प्रभाव?
मध्यपूर्वमा बढ्दो तनावसँगै एसियाली बजारमा सोमबार भारी गिरावट आएको छ भने तेलको मूल्य पाँच महिनाको उच्च बिन्दुमा पुगेको छ। अमेरिकाले इजरायलसँग मिलेर इरानको आणविक स्थलहरूमा आक्रमण गरेपछि ऊर्जा बजारमा अवरोधको चिन्ता बढेको हो।

इरान विश्वको नवौँ ठूलो तेल उत्पादक राष्ट्र हो जसले दैनिक करिब ३.३ मिलियन ब्यारेल तेल उत्पादन गर्छ। त्यसको करिब आधा मात्र निर्यात गरिन्छ भने बाँकी घरेलु खपतका लागि राखिन्छ।

विश्लेषकहरूका अनुसार इरानले अमेरिकाको कारबाहीको प्रतिकारमा स्ट्रेट अफ होरमुज बन्द गर्ने निर्णय गर्छ भने यो विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर असर पार्न सक्छ। 

ब्रेन्ट क्रूडको मूल्य २.७ प्रतिशतले वृद्धि भएर प्रति ब्यारेल ७९.१२ डलर पुगेको छ भने अमेरिकी क्रूड २.८ प्रतिशतले बढेर ७५.९८ डलर पुगेको छ।

एसियाली बजारमा पनि गिरावट देखिएको छ। टोकियोको निक्केई सूचकांक ०.६ प्रतिशतले घटेको छ । सियोल १.४ प्रतिशतले र सिड्नी ०.७ प्रतिशतले तल झर्यो, जापान बाहेक एशिया–प्रशान्त क्षेत्रको एससिएल सूचकांक पनि ०.५ प्रतिशतले घटेको छ। यसबीच अमेरिकी बजारले भने केही स्थिरता देखाएको छ । 

प्रकाशित मिति: : 2025-06-23 09:56:00

प्रतिकृया दिनुहोस्