रास्वपा र राप्रपाले आज पनि गर्‍यो सदन बहिस्कार

रास्वपा र राप्रपाका सांसदहरूले सोमबार पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै आएका रास्वपा र राप्रपाका सांसदहरूले बैठक बहिस्कार गरेका हुन्।

आफूहरूको माग सम्बोधन नगरी सभामुखले संसदको कारबाही अघि बढाएको भन्दै रास्वपा र राप्रपाका सांसदहरूले सदनमै नाराबाजी  गर्दै आइरहेका छन्। 

प्रकाशित मिति: : 2025-06-23 11:56:00

प्रतिकृया दिनुहोस्