जादुवाला नम्बर छ, पूरै कार्यकाल मै प्रधानमन्त्री हुन्छु (भिडियाे)

Break n Links
Break n Links

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पूरै कार्यकाल प्रधानमन्त्री रहने बताएका छन्। 

शनिबार काठमाडौँमा माओवादी केन्द्र निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाको महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकार ढल्छ कि भनेर चिन्ता नगर्न आग्रह गरेका छन्। 

‘यो सरकार आज हो कि भोलि हो भनेर म प्रधानमन्त्री भएदेखि हो। तर आजसम्म (डेढ वर्ष) प्रधानमन्त्री छु। बाहिर भनिराखे जस्तो सरकार कति दिन होला, चल्छ कि चल्दैन भन्ने चिन्ता नलिनुस्। पूरै अवधि बसिन्छ’, उनले भने, ‘हामीसँग थोरै नम्बर भए पनि हामीलाई हटाउन सजिलो छैन। इतिहास, मुद्दा र हाम्रो जादुवाला नम्बर छ।’

उनले सरकार रहने र नरहने विषयमा अड्किएर काम रोक्न नहुने बताएका छन्। उनले नेता कार्यक्रतालाई निरन्तर काम गर्न आग्रह गरेका छन्। प्रचण्डले जादुको छडी छ भन्दा हलमा हाँसोको फोहोरा छुटेको थियो। 

प्रचण्डले जतिदिन सरकारमा बसिन्छ भ्रष्टाचारविरुद्ध, न्यायका लागि र समृिद्धिका लागि काम गर्ने बताएका छन्। 

साथै उनले समाजिक सञ्जालले राम्रा भन्दा नराम्रा कुरा फैलाइरहेको चित्त दुखाएका छन्।

प्रकाशित मिति: : 2024-06-22 15:14:00

प्रतिकृया दिनुहोस्