फेसबुकमा जथाभावी लेख्ने गोपाल काफ्ले २० हजार धरौटीमा रिहा

Break n Links
Break n Links

सामाजिक सञ्जाल फेसबुकमा जथाभावी लेखेर प्रहरीकाे नियन्त्रणमा परेका मोरङ पथरीशनिश्चरे–१ का गोपाल काफ्ले सोमबार २० हजार धरौटीमा रिहाइ भएका छन्। 

काफ्लेले पटक–पटक अप्रमाणित विषयमा चरित्र हत्या हुनेगरी सामाजिक सञ्चालमा तस्बिरसहित लेखेपछि विद्युतीय कारोबार ऐन (साइबर) अपराध सम्बन्धी जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी परेको थियो।

गोपाल काफ्लेले प्रमाण बिना पथरीशनिश्चरे नगर स्वास्थ्य विभाग प्रमुख मुरारी आचार्य, नगर पूर्वप्रमुख दिलिपकुमार राई (किशोर)को फोटो तानेर गम्भीर अपराधीझै आँखामा पट्टी लगाएको फोटोसहित पोष्ट गरेका थिए।

संविधान सभा सदस्य चण्डीप्रसाद राई, पूर्वप्रदेश सभा सदस्य कृष्णकुमारी राईको तस्बिर पनि यसैगरी पोष्ट गरेका थिए। 

जिल्ला प्रहरी कार्यालय मोरङको आदेश अनुसार असार ४ गते इलाका प्रहरी कार्यालय पथरीका डीएसपी गशेण प्रधानले पक्राउ गरेर जिल्ला पठाएका थिए।

साइबर अपराध गरेको दाबीसहितको मुद्धामा पक्राउ परेका काफ्ले एक रात जिल्ला प्रहरीको नियान्त्रणपछि खोजेको बेला उपस्थिति गराउनेगरी जिम्मा जवानीमा छाडिएको थियो। 

पक्राउ परेको सात दिनपछि जिल्ला अदालत मोरङले सोमबार (असार १०) २० हजार धरौटीमा रिहाइ गरेको जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुख नवराज कार्कीले बताए। प्रहरीको नियन्त्रणमा परेपनि आफू पक्राउ नपरेको भन्दै गोपाल काफ्लेले समाजमा भ्रम सिर्जना गर्न खोजेका थिए। 

नगर स्वास्थ्य विभाग प्रमुख मुरारी आचार्यले जिल्ला अदालत मोरङमा मानहानि सम्बन्धी उजुरी दिएपछि मुद्धा चलिरहेको छ। गोपाल काफ्लेसँगै पत्रकार नरेन्द्र बस्नेतलाई पनि सो मुद्धा परेको छ। काफ्लेलाई साइबर अपराध र मानहानी सम्बन्धी दुई वटा मुद्धा अदालतमा चलिरहेको छ। 

केही महिना अघि यसैगरी पथरीशनिश्चरे–१ नंं. वडा अध्यक्षको बन्दाम हुने विषय उठाएपछि इलाका प्रहरी कार्यालय पथरीमा उजुरी परेको थियो। सो विषय प्रहरी कार्यालयमा लिखित रुपमा माफी मागेपछि छाडिएको थियो। 

केही बर्ष अघि यसैगरी अप्रमाणि विषय लेखेपछि डेरामै गएर एक समूहले गोपाल काफ्लेलाई कुटपिट गरेका थिए। त्यो मुद्धामा नेपाल पत्रकार महासंघ, कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा सम्बद्ध पत्रकारहरु बसेर छलफल गर्दा झुटा प्रमाणि भएको र आगामी दिनमा प्रमाण बिना भ्रामक नलेख्न निर्देशन दिएको थियो। सो बेला फिटाइबाट घाइते काफ्लेको उपचार खर्च नेपाल पत्रकार महासंघले बेहोर्ने लिखित सहमती गराएका थिए। 

गोपाल काफ्लेले समाजिक सञ्जाल मार्फत पूर्व तथा वर्तमान जनप्रतिनिधिहरु विभिन्न ठेक्दार, व्यवसाहीहरु, सामाजिक/राजनीतिक व्यक्तिहरुलाई पुष्टि नहुने बिषयमा निरन्तर हिलो छ्यापिरहने गरेको स्वास्थ्य विभाग प्रमुख मुरारी आचार्यले बताए।

 पेशागत आचारसंहिता विपरित ब्लाकमेलिङको प्रयास गर्ने जस्ता घट्नाहरु दोहोरिरहेपछि स्थानीय सञ्चारकर्मीहरुबाट काफ्ले लामो समयदेखि एक्लिएका छन्। 

सम्झाउदा पनि नमालेपछि गोपाल काफ्ले पक्राउ पर्दा, पिटाइ खाँदा पनि प्रेस युनियन र नेपाल पत्रकार महासंघ लगायतका संगठनले प्रेस विज्ञप्ति निकाल्न उचित ठान्न छाडेको एक प्रेस युनियनका सदस्यले बताए।

प्रकाशित मिति: : 2024-06-25 21:15:00

प्रतिकृया दिनुहोस्