नेपालमा दूतावास खोल्ने कुवेतको निर्णय

खाडी मुलुक कुवेतले नेपालमा दूतावास खोल्ने भएको छ। उपप्रधनमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले यसबारे जानकारी दिएका हुन्। 

श्रेष्ठका अनुसार कुबेतले यसै वर्ष नेपालमा राजदूतावास खोल्ने जानकारी गराएको छ।

कुबेतमा करिब एक लाख नेपाली कामदार कार्यरत रहेका र त्यो सङ्ख्या तीन लाखसम्म पुर्‍याउने जानकारी दिएको उनले बताए। नेपालको भने कुवेतमा यसअघि नै दूतावास रहेको छ।

प्रकाशित मिति: : 2024-06-25 21:36:00

प्रतिकृया दिनुहोस्