कलेजोको क्यान्सर किन हुन्छ, उपचार के हो? (भिडियाे)

मिनु गोले

काठमाडौं
Breaknlinks
Breaknlinks

कलेजो शरीरको सबैभन्दा ठूलो ग्रंथियुक्त अंग हो। शरीरलाई विषाक्त पदार्थ र हानिकारक पदार्थहरूबाट मुक्त राख्न विभिन्न महत्वपूर्ण कार्यहरू कलेजोले गर्छ। कलेजो पेटको दायाँ माथिल्लो भागमा हुन्छ। क्यान्सर शरीरको जुनसुकै भागमा पनि हुन सक्छ। कलेजो क्यान्सर खतरनाक हो।

विभिन्न अंगको क्यान्सर एक तर्फि हुन्छ भने कलेजो क्यान्सर दुई प्रकारको हुन्छन्। एउटा कलेजोकै तन्तुबाट निस्केको क्यान्सर हो, भने अर्को पाचन प्रणालीसँग सम्बन्धित अंगको क्यान्सर हुन्छ।

यहि विषयमा हामीले कलेजो क्यान्सरको क्यान्सर कसरी लाग्छ? कुन स्टेजको क्यान्सर निको हुन कति समय लाग्छ?  उपचार खर्चका साथै लक्षण, बच्ने उपायलगायत विषयमा शिक्षण अस्पतालका ग्यास्ट्रो तथा कलेजो सर्जन डा. रमेशसिंह भण्डारीसँग कुराकानी गरेका छौँ। 

प्रस्तुत छ बिएलकर्मी मिनु गोलेले डा. भण्डारीसँग कलेजो क्यान्सर सवालमा गरेको कुराकानी:

कसरी लाग्छ कलेजो क्यान्सर?

शरीरमा जुनसुकै भागमा पनि क्यान्सर हुन्छ। कलेजो क्यान्सर भनेको दुई तरिकाले हुने गर्छ। आफ्नै कलेजोकै सेलबाट आउने क्यान्सर एउटा हो। कलेजो ठूलो अंग भएकाले शरीरभित्रको सबै रगत कलेजोबाट संञ्चलन हुन्छ।

त्यसपछि मुटुमा गएर शरीरको विभिन्न भागमा फैलिने गरिन्छ। त्यही भएर हाम्रो शरीरको ठुलो आन्द्रा सानो आन्द्राको क्यान्सर र अरु वरिपरि रहेको अंगको क्यान्सरले पनि फैलिने बढी सम्भवना देखिन्छ। यसलाई अरुबाट आउने कलेजो क्यान्सर भन्ने गरिन्छ।

अरुतिरको क्यान्सरले कलेजोमा आइपुग्छ। सबै लास्ट स्टेजमा पुगेको पाइन्छ। पछिल्लो समयमा लास्ट स्टेजमा पुगेको क्यान्सरलाई विविध तरिकाले केमोथेरापी, औषधीले दिइ काटेर वा शल्यक्रिया गरी फाल्न सकिन्छ।

धेरैमा त्यस्तो हुँदैन। कलेजो मै आउने क्यान्सरले बच्चादेखि वृद्धवुद्धासम्मलाई हुन्छ। हेपाटाइटिस बी, सीले लामो समयसम्म क्यान्सर हुने गर्छ। धेरै जस्तो धुम्रपान रक्सी सेवनमा कारणले क्यान्सर लाग्ने बढाउँदै जान्छ। 

कलेजो क्यान्सर दुई प्रकारको हुन्छ। एउटा प्राइमरी कलेजोबाटै जन्मिने भयो। अर्को भनेको अरुतिरबाट कलेजोमा आउँने क्यान्सर हुन्छ। हामीले काहिलेकाहीँ सिटी स्क्यान गर्दा कलेजोको क्यान्सर देख्छ तर, त्यो अरुबाट फैलिएर आएको हुन्छ।

कलेजोको क्यान्सर कस्तो व्यक्तिमा हुन्छ?

जसलाई पनि हुन्छ। स–साना बाच्चदेखि ठुलोसम्मलाई हुन्छ। बच्चाहरुमा जन्मजात पनि हुने गर्छ। रोगले सानो ठुलो भन्दैन।

कलेजोकै क्यान्सरले अरु अंगहरुमा असर पर्छ?

पर्छ नि। कलेजो साइज बढदै गएर छउछेउको अंगहरुमा जना सक्छ। शरीर भित्रको नशाहरुमा असर गर्ने सक्छ। पित्ता नलीमा गएर ब्लक गर्ने गर्छ।  त्यसले गर्दा जन्डिस पनि हुन सक्छ। अरु क्यान्सरले कलेजोलाई असर गर्छ भने त्यस्तै कलेजोले पनि असर गराउँछ। धेरै जसो कलेजो कै क्यान्सर सुरुवातमा ठयक्कै थाहा हुँदैन। एकैचोटी बढ्दै बढ्दै गएपछि ठूलो लक्षण भएर आउँछ। त्यसले गर्दा दुख्ने हुन्छ।

सुरुमा सानो साइजमा खासै थाहा पाउँदैन। टिचिङ अस्पतालमा आउने विरामीहरु धेरै ढिलो भइसकेको अवस्थामा भेटिन्छ। 

लक्षणहरु के–के हुन्छ?

सुरुमा खासै केही पनि देखिदैन। साइजहरु बढेर दुख्ने, पेट छम्दा डल्लो भएको महसुस हुन्छ। ठुलो हुँदै आएपछि दाहिनेपट्टि सास फेर्ने गाह्रो हुने, जन्डिस हुने गर्छ। लास्ट स्टेजमा आइपछि मात्रै थाहा हुन्छ।

जोगिने उपायहरु के–के हो?

जोगिन उपाय भन्दा नि जति सक्दो चाँडो रोग पत्ता लगाएर उपचारको गर्ने लगाउनु राम्रो हो। कतिलाई कसरी लाग्छ? के गरेर लागेको हो? हामीलाई खासै जानकारी हुँदैन। सकेसम्म चाडो पत्ता लगाएर उपचार गरौँ।

खर्च कति लाग्छ?

खर्चको कुरा गर्दा पहिला निको हुने भनेको शल्यक्रिया गर्ने हो। खर्चको हिसाब सबै क्यान्सरको महँगो नै हुन्छ। कलेजोमा जटिल शल्यक्रिया झनै ठुलो हुन्छ। ठ्याक्कै भन्न गाह्रो हुन्छ। तर पनि अरु ठाउँ हेरी टिचिङमा त्यती धेरै छैन।

नेपालको खर्च भन्दा बहिरी देशको सस्तो भन्छन नि ? 

बहिरी देशमा सरकारले धेरै रोगको उपचारमा छुट दिन्छ। नेपालीलाई छुट छैन। बिरामीले आफै सहुलियत तिर्नु पर्ने भएर नेपालमा महँगो भएको हो।

प्राइभेटमा यो भन्दा धेरै लाग्छ। नेपालमै पनि। भारतको प्रइभेटमा दोब्बर लाग्छ। नेपाल भन्दा सस्तो हुँदैन। सरकारबाट सहयोग पाइयो भने नेपालमा अलि सहज हुन्छ।

क्यान्सर लागेमा मृत्यु हुन्छ?

पछिल्लो समयमा खासै त्यस्तो छैन। अहिले धेरै उपचारहरु आइसकेको छ। नयाँ–नयाँ प्रविधि आएको छ। शल्यक्रिया गर्ने डाक्टर चिकित्सकहरुको काम गर्ने अनुभव बढ्दै आएको छ। पहिलाको जस्तो क्यान्सर लागेको भन्ने बित्तिकै मरिहाल्ने त्यस्तो हुँदैन।

समयमै उपचार पर्‍याे भने निको नै नभए पनि उपचार विधि प्रयोग गरी लामो जीवन लम्बाउन सकिन्छ। सुरुवाती स्टेजमा आयो भने निको पनि  हुन्छ। लास्ट स्टेजको अप्रेसन नभएको सकेसम्म चार–पाँच महिनामा मुत्यु हुने बिरामीलाई कम्तीमा दुई चार पाँच वर्षसम्म बाँच्ने मौका मिल्छ।

लास्ट स्टेजमा पुगेपछि उपचार हुँदैन?

लास्ट स्टेजमा पुगेपछि उपचार गरेको केही फाइदा हुँदैन। लास्टमा पुगेको भनेको शरीरमा क्यान्सर धेरै ठाउँमा फैलिसकेको हो। त्यसमा काटेर सबै निक्लिदैन औषधीले पनि सबै निको हुने कुरै भएन। बिरामीलाई भन्दा आफन्तलाई काउन्सिल गरी अनावअवाश्यक खर्च नगर्न म सल्लाह दिन्छु।

प्रकाशित मिति: : 2024-06-24 13:40:00

प्रतिकृया दिनुहोस्