सहकारी ठगी प्रकरण: रवि लामिछाने र दीपेश पुनसहित १८ जनाविरुद्ध जाहेरी

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसहित १८ जनाविरुद्ध जाहेरी परेको छ।

पाेखराकाे सूर्यदर्शन सहकारी पीडितले साेमबार १८ जनाविरुद्ध कास्की प्रहरीमा जाहेरी दिएका हुन्। पीडितहरूको जाहेरी प्रहरीले बुझेको तर दर्ता भने नभएको बताइएकाे छ।

सूर्यदर्शनका बचतकर्ताको एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेकाे आराेपमा संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसहित ४ जनाविरुद्ध डिफ्युजन नोटिससमेत जारी भएकाे छ। 

 

प्रकाशित मिति: : 2024-02-05 20:55:00

प्रतिकृया दिनुहोस्