बिएल संवाददाता
काठमाडाैँकाे ठमेलमा ‘आयुर्वेदिक स्पा’ खाेलेर वेश्यावृत्ति चलाएकाे आराेपमा एक महिलालाई प्रहरीले पक्राउ गरेकाे छ।
ठमेलस्थित सातघुम्तीमा ‘हिमालयन आयुर्वेदिक स्पा’ खाेलेर बालिकाहरुलाई वेश्यावृत्तिमा लगाएकाे आराेपमा मानव बेचबिखन अनुसन्धान ब्यूराेले सपना खवासलाई पक्राउ गरेकाे हाे।
मसाजमा शारीरिक सम्पर्क राख्न आउने प्रतिग्राहकबाट एकपटकको १ हजार पाँच सय रुपैयाँ लिने र शारीरिक सम्पर्क राख्ने बालिकालाई पाँच सय रुपैयाँ तथा २५% दिने भनी प्रलोभन देखाई रकमसमेत नदिई दिनमा ४-५ जना पुरुष ग्राहकसँग वेश्यवृत्तिमाकाे काममा लगाउने गरेको ब्यूराेले जनाएकाे छ।
‘अभियुक्तहरुले विभिन्न पुरुष ग्राहकहरु खोजी नाबालिकाहरुमध्ये एक जनालाई छान्न लगाई मसाजमा रहेका कोठाहरुमा ग्राहकसँग एक्स्ट्रा सर्भिस (अतिरिक्त सेवा) भनी शारीरिक सम्पर्क राख्न लगाउने गरेको खुल्न आएको,’ ब्यूराेले जनाएकाे छ।
ब्यूराेका अनुसार अभियक्तहरुले बालिकालाई पुरुष ग्राहकसँग शारीरिक सम्पर्क राखेको कुरा आफन्तलगायत साथीहरुलाई भनि दिने भनि डर त्रासमा पारेर महिनावारी भएको बेलामा समेत वृश्यवृत्तिकाे काममा लगाउने गरेको समेत खुलेकाे छ।
पीडित बालिकाले ब्यूराेमा जाहेरी दिएपछि अनुसन्धानमा खटिएकाे प्रहरी टाेलीले खवासलाई मंगलबार काठमाडाैाकाे नागार्जुन नगरपालिका वडा नं. १बाट पक्राउ गरेकाे हाे।
उनलाई थुनामा राखेर थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडाैँले सात दिनकाे म्याद दिएकाे छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया