कोशी प्रदेशका विनाविभागीय मन्त्रीहरूलाई जिम्मेवारी पाएका छन्।
मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले आइतबार नेपालको संविधानको धारा १६८को उपधारा (९) बमोजिम कार्यविभाजनसहित जिम्मेवारी हेरफेर गरेका हुन्।
जसअनुसार माओवादी केन्द्रका गणेश उप्रेतीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाली कांग्रेसका शमशेर राईले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेकपा एकीकृत समाजवादीका कमल जबेगुले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।
बाँकी मन्त्रालयहरु मुख्यमन्त्री कार्कीले राखेका छन्।
गत असोज २७ गते नियुक्त भएका मुख्यमन्त्री केदार कार्कीले सोही दिन शमशेर राई मन्त्री नियुक्त गरेका थिए भने कार्तिक १७ गते उप्रेती र जबेगुलाई नियुक्त गरेका थिए।