सरकारको प्राथमिकता सुशासन र सेवा प्रवाहः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको प्राथमिकता सुशासन र सेवा प्रवाह गरेको बताएकी छिन्।

सल्यानको कपुरकोट गाउँपालिकाले गरेको स्वागत कार्यक्रममा मन्त्री शर्माले सुशासन र सेवा प्रवाहमा स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव दिइन्। 

सरकारले सुशासन र सेवा प्रवाहमा जोड दिने नीति लिएपछि शैक्षिकसत्र सुरु हुनु अघि नै पाठ्यपुस्तक पुग्न सकेको, मल आपूर्ति सहज भएको, सेवा प्राप्त गर्ने कार्यालयमा लाइन हटेको लगायतका उदाहरण पेश गर्दै उनले यसलाई अझै बढाएर लैजानुपर्ने बताइन्।

सङ्घीयताले जनताको घर नजिकमा सरकार पुर्याएको उल्लेख गर्दै उनले यसबाट जनताले शासन होइन सेवा अनुभूति गर्नुपर्ने बताइन्।

मन्त्री शर्माले राप्ती लोकमार्गको स्तरोन्नति, टेलिफोन सेवा सुधार लगायत विकास निर्माणमा सरकारको प्राथमिकता रहेको स्पष्ट पारिन्।
 

प्रकाशित मिति: : 2023-12-02 09:26:00

प्रतिकृया दिनुहोस्