‘समलिंगी विवाह’ दर्ता गर्ने नेपालमै पहिलो बन्यो दोर्दी गाउँपालिका

विवाह दर्ताको प्रमाणपत्र दिँदै गाउँपालिका अध्यक्ष युवराज अधिकारी
विवाह दर्ताको प्रमाणपत्र दिँदै गाउँपालिका अध्यक्ष युवराज अधिकारी

लम्जुङको दोर्दी गाउँपालिका समलिंगी विवाह दर्ता गर्ने नेपालकै पहिलो पालिका बनेको छ। समलिंगी विवाह गरेका दोर्दी गाउँपालिका– २ का रामबहादुर गुरुङ (मायाँ) र नवलपरासीको कावासोती नगरपालिका–८ का सुरेन्द्र पाण्डेको बुधबार गाउँपालिकाले विवाह दर्ता गरेको हो। 

विवाह दर्तापछि गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बिएल नेपाली सेवासँग भने– ‘संविधानले निर्दिष्ट गरेको अधिकार हो। उहाँ (माँयाँ र सुरेन्द्र)हरुको इच्छाअनुसार विवाह दर्ता गरेका छौँ। हामी समलिंगी विवाहलाई मान्यता दिने एसियामा दोस्रो र नेपालमा पहिलो भयौँ।’

यसअघि मायाँ र सुरेन्द्रले दोर्दी गाँउपालिका वडा नम्बर २ मा विवाह दर्ता गरेका थिए। विवाह दर्ता भएसँगै समलिंगी अधिकारको वकालत गर्दै आएका अधिकारकर्मी सुनिलबाबु पन्तले यो यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन्। 

 ‘आजको दिन नेपालमा समलिंगी अधिकारका लागि कोशेढुंगा हो। यो नेपालमा मात्रै नभएर दक्षिण एसियामा नै पहिलो घटना हो,’ उनले भने। 

विवाह दर्ता सर्वोच्च अदालतको आदेश एवं राष्ट्रिय पञ्जीकरण विभागको निर्देशन अनुसारभएको पन्तले बताए। 

याे पनि

नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता 

प्रकाशित मिति: : 2023-11-29 18:00:00

प्रतिकृया दिनुहोस्