सर्वोच्च अदालतले माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णयमा कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले शुक्रबार सरकारकाे नाममा कारण देखाऊ आदेश जारी गरेकाे हाे।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले यही मंसिर ५ गते माइतीघरलगायतका संवेदनशील क्षेत्रमा ३० दिनका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो।
उक्त आदेशविरुद्ध अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।