हाम्रो आन्दोलनले मिसन चलाइरहेका मिडिया पनि सिध्याइदिन्छ: दुर्गा प्रसाईं

देशभरिबाट ‘लाखौँ मान्छे’ राजधानी ल्याएर आन्दोलन सुरु गर्न थालेका व्यवसायी दुर्गा प्रसाईंले सञ्चारमाध्यम र पत्रकारहरूलाई पनि चेतावनी दिएका छन्।

आन्दोलन सुरुवातको पूर्वसन्ध्यामा आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर उनले अबको अभियानपछि नेता र अहिलेको राजनीतिक व्यवस्थामात्रै होइन, पत्रकार र मिडियाहरू पनि सक्किने चेतावनी दिए।

‘यो अभियानपछि नेतामात्रै होइन, मिसन चलाइरहेका मिडिया पनि अन्त्य हुन्छन्’, उनले भने, ‘अब यी मिसन मिडियाहरूलाई युट्युबे भनिएकाहरूले नै सकिदिन्छन्।’

प्रसाईंले आफू जेल पर्न र मर्नकै लागि कफन बाँधेर काठमाडौँ आएको दाबी पनि गरे।

‘लाखौँ मान्छे आइसकेका छन्। अझै आउँदैछन्’, उनले भने, ‘म मर्नकै लागि आएको हुँ। आइजिपीले पनि सुनिरहनुभएको होला म जेल पर्नै आएको हुँ।’

प्रकाशित मिति: : 2023-11-22 14:31:00

प्रतिकृया दिनुहोस्