सर्वाेच्च अदालतले टिकटक प्रतिबन्धसम्बन्धी मुद्दामा सरकारसँग कारण देखाउ आदेश जारी गरेकाे छ।
न्यायाधीश विनोद शर्माको इजलासले रिट निवेदकको मागअनुसार सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
सरकारले गत कात्तिक २७ गतेदेखि नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएकाे थियाे। उक्त प्रतिबन्धकाे विरुद्धमा सर्वाेच्च अदालतमा १० वटा रिट परेका थिए। उक्त रिटहरुमाथि सर्वाेच्चले मंगलबार सुनुवाइ गर्दै सरकारसँग टिकटक प्रतिबन्धकाे कारण माग गरेकाे छ।